सुरु हुने भयो प्यारोल

बोर्डले पहिलोपटक एक सय ४३ जना कैदीलाई सिफारिस गर्यो
जन इजलास
४ माघ २०८०, बिहीबार ०७:५१

काठमाडौं । असल चालचलन भएका कैदीलाई असल चालचलनको आधारमा घरमै बसेर कैद सजाय घटाउन पाउने भएका छन् । प्यारोलको कार्यान्वायनमा नेपालमा पनि सुरु भएको हो । बुधबार बसेको प्यारोल बोर्डले पहिलोपटक एक सय ४३ जना कैदीलाई प्यारोलमा छाड्न सिफारिस गरेको छ ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पुगेका कैदीलाई प्यारोलको सुविधा दिन पहिलोपटक सिफारिस दिएको हो ।

दुई तिहाई कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीले जेलका अधिकारीको सम्पर्कमा रही बाहिरै बस्ने सुविधा प्यारोल हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*