निर्मल मा.बि. को ४८ औ बार्षिकोत्सव

रक्तदान कार्यक्रम जारी
जन इजलास
८ पुष २०८०, आईतवार ०९:२६

मकवानपुर । श्री निर्मल माध्यमिक बिद्यालय, बस्तिपुरको ४८ औ बार्षिकोत्सवको अवसरमा आइतबार बस्तिपुरमा रक्तदान कार्यक्रम आयोजना भइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी, बसामाडी उपशाखा र यु.रे.स. श्री निर्मल मा.बि. को आयोजनामा भएको रक्तदान कार्यक्रममा यो समाचार तयार गर्दासम्म २४ जनाले रक्तदान गरिसक्नु भएका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा सभाध्यक्षता बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष अमृत ओली तथा वडा नं. १९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

बिद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीका अनुसार सामाजिक उत्तरदायित्वमा बिद्यालयको विगतमा सहभागिता झै यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*