ललिता निवास जग्गा प्रकरणमा फेरि अनुसन्धान

भाटभटेनी सञ्चालकसहित थप ४ जना पक्राउ
जन इजलास
१२ असार २०८०, मंगलवार १३:१३

काठमाडौँ । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका 5न् । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् ।

२०७७ सालमा विशेष अदालतले व्यवसायी  गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*