इलाममा आगलागीः सात घर जलेर नष्ट

जन इजलास
१२ असार २०८०, मंगलवार १०:१६

इलाम। माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।

सोमवार राति विधुत सर्ट भई करिब साढे २ बजेतिर सुरु भएको आगलागीमा करिब ६० लाख रुपैयाँको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*