तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

जन इजलास
१२ असार २०८०, मंगलवार १०:११

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

१ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैसा विगो दाबीसहित सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेकोमा विगो दावीको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*