बझाङ दुर्घटनामा कानुन मन्त्री सिंहको निधन

जन इजलास
५ असार २०८०, मंगलवार २०:४३

धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको आज मङ्गलबार निधन भएको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

सिंहसहित यो दुर्घटनामा परेर मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*