मकवानपुर जिल्ला बारको अध्यक्षमा बस्नेत

बस्नेत जिल्ला बारको पहिलो महिला अध्यक्ष
सपना थिङ
१० पुष २०७९, आईतवार १०:४९

मकवानपुर । मकवानपुर जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा अप्सरा बस्नेत चयन हुनुभएको छ । शनिबार सम्पन्न बारको निर्वाचनबाट बस्नेत जिल्ला बारको अध्यक्षमा निर्वाचित हुनुभएको हो । योसँगै बस्नेत जिल्ला बारको पहिलो महिला अध्यक्ष पनि बन्नु भएको छ ।

बस्नेतले जिल्ला बारका निवर्तमान अध्यक्ष ऋषि केबीलाई ३ मतले पराजित गर्नुहुँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । बस्नेतले १३ मत प्राप्त गर्नुभयो भने केबीले १० मत मात्र पाउनुभयो । यस्तै उपाध्यक्षका लागि जयराम सुवेदीले बुद्धि ढकाललाई ४ मतले पराजित गर्नुहुँदै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । सुवेदीले १४ मत र ढकालले १० मत पाउनुभयो । शनिबार बारका अध्यक्ष र उपाध्यक्ष चयनका लागि २४ जना कानुन व्यवसायीहरुले मतदान गरेका थिए । सतप्रतिशत मतदाता सहभागी भएर मतदान गरिएको मबवानपुर बारको इतिहासमा पहिलो पटक हो ।

बारको सचिवमा उम्मेदवार कृष्ण छत्कुली र शान्ति माया मोक्तानले १२–१२ मत पाउनुभयो । बराबर मत पाएपछि सहमतिको आधारमा २ वर्षे कार्यकालमा दुवैले १–१ बर्ष सचिवको भुमिका निर्वाह गर्नुहुनेछ । बारको सह–सचिवमा निर्विरोध रमिता चौलागाई सर्वसम्मत र कोषाध्यक्षमा राधाकृष्ण मैनाली निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा पंकज अधिकारी, जगन्नाथ सुवेदी र दीपेन्द्र ढकाल चयन हुनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*