‘श्रीमान्‍को हत्या कसरी गर्ने ?’ भन्ने किताबकी लेखिका अहिले श्रीमानको हत्यामा दोषी ठहर ।

जन इजलास
१५ जेष्ठ २०७९, आईतवार ०७:४३

एजेन्सी । ‘तपाईको श्रीमान्‍को हत्या कसरी गर्ने (हाउ टु मर्डर योर हसबेन्ड)’ लेख्ने न्यान्सी ब्रोफीलाई बुधबार पोर्टल्याण्डको अदालतले उनको श्रीमानको हत्याको लागि दोषी ठहर गरेको छ । सजाय सुनाइँदा ७१ वर्षीया ब्रोफी प्रतिक्रियाविहिन रुपमा मौन बसेकी थिइन् । वादी पक्षका वकिलले न्यान्सी ब्रोफीले उनको श्रीमानको हत्या गर्न महिनौँदेखि तयारी गरिरहेको आरोप लगाएका थिए। वकिलले ब्रोफीले सन् २०१८ जुन २ मा भएको उनको श्रीमान् ड्यानियल ब्रोफीको हत्याको केही महिनाअघि बन्दुकको पार्टपुर्जा किनेको प्रमाण पेस गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*