आचारसंहिता कार्यान्वयनमा कडाई

आयोगले धमाधम पत्र काट्न थाल्यो
जन इजलास
२९ चैत्र २०७८, मंगलवार १०:४०

काठमाडौं । निर्वाचन आयोगले स्थानिय निर्वाचन लक्षित आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लक्षित गरी आयोगले गत शुक्रबारदेखि आचारसंहिता लागू गरेको थियो ।
सो आचारसंहिता पालना नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीलाई आयोगले ३ दिने स्पष्टीकरण सोधेको छ । यस्तै आयोगले तोकेको सीमा भन्दा बढी खर्च चुनावमा भएको भनेर अभिव्यक्ति दिने काँग्रेस नेता शशांक कोइरालालाई पनि ७ दिने स्पष्टीकरण सोधेको छ ।
सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न आयोगले प्रेस काउन्सिल नेपालसँग सम्झौता गरिएको जनाएको छ । काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*