कानुन सम्बन्धी केही जानकारी

प्रस्तुतिः सपना थिङ
७ पुष २०७८, बुधबार १०:११

समाजमा अमनचयन, शान्ति, सुव्यवस्था एवम् राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यको प्रभुसत्ता सम्पन्न व्यक्ति समूह वा राज्यले नै बहुसंख्यक जनताको हितमा बनाइने नियम वा सिद्धान्तहरूको सभ्य सार्थक अभिव्यक्तिलाई कानुन हो । वास्तवमा कानुन के हो भनेर किटेर एउटै परिभाषा गर्नु कठिन मात्र हैन, असान्दर्भिक पनि हुन्छ । समग्रमा भन्ने हो भने मानिसको बाहिरी क्रियाकलापहरुलाई नियन्त्रण गर्न राज्यद्धारा निर्माण गरी लागु गरिएका नियमहरुको संगालो नै कानुन हो ।
कानुनको महत्व निम्न प्रकारका छन्ः
समाजमा शान्ति सुव्यवस्था कायम गर्नु,
विकासको लागि उपयुक्त वातावरण सिर्जना गर्नु,
जनताको हक हित एवम कर्तव्यको व्यवस्था गर्नु,
समाजका सदस्यहरुविचको सम्बन्ध सुमधुर वनाउन सहयोग गर्नु,
सामाजिक आवश्यकता पुरा गर्न सहयोग गर्नु,
समाजमा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नु,
सामाजिक न्याय प्राप्त गर्न सहयोग गर्नु,
कानुनका स्रोतहरु मुख्यतया निम्न प्रकारका हुन्छन् ः
हलेन्डका अनुसार कानुनका स्रोत भन्नाले
कानुनको बारेमा जानकारी दिने साहित्य, जस्तै लेख रचना
कानुनलाइ वैधानिकता प्रदान गर्ने शक्ति जस्तैः राज्य
कानुनलाई अस्तित्वमा ल्याउने माध्यम
यसर्थ कानुन उत्पती हुने उदगमस्थल कानुनको स्रोत हो । कानुनका स्रोतहरु निम्न अनुसार छन् ।
१) विधायन
२) अन्तराष्ट्रिय सन्धी सम्झौता
३) नजिर
४) प्राज्ञिक कथन
५) प्रथा
६) अन्य विदेशी राज्यको कानुन विदेशी अदातलको फैसला आदि ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*