सन्दर्भः न्यायीक शुद्धीकरण र प्रधानन्यायाधीशको राजीनामा

अधिवक्ता ऋषि के.बी.
८ मंसिर २०७८, बुधबार १६:११

बार बेन्चको सम्बन्ध सुदृढ र सुमधुर रहनुपर्छ। कुनै एक दागी भएमा समग्र न्यायिक क्षेत्र बर्बाद हुनेछ । यो दुवैपक्षका नेतृत्वले नबुझेका भने पक्कै होइन । जहाँसम्म बारको जारी विरोध बेन्चप्रति लक्षित पक्कै हैन । यो न्यायिक शुद्धीकरण, न्यायिक विचलन, विकृति, बिचौलियासॅग सरोकारको बिषय हो । विवेदपूर्ण र विवादसहित परम्पराबादी न्याय प्रणालीको जड उखेल्न र स्वतन्त्र न्यायपालिका सहितको वास्तविक न्याय सेवाग्राहीबाट अनुभूति हुने अवस्था सृजना हुन यो अहिलेको माहोल कोशेढुङ्गा साबित हुनसक्छ, यदि यो अभियान मुट्ठीभरको स्वार्थको भुमरीमा फसेन भने । पक्कै पनि न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढेको छ । न्यायाधीश नियुक्तिबाटै राजनीतिक बढेको छ । कार्यपालिका, व्यवस्थापिका भन्दा स्वतन्त्र रहने जनताको आस्थाको केन्द्रको रूपमा न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढाएर बार्गेनिङ गर्ने थलोको रूपमा विकास हुनु दुःखद हो । न्यायपालिकाभित्र सुधार हुन आवश्यक छ र न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ ।

न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधान्यायाधीश स्वयम्ले निकास दिनु यथोचित हुन सक्छ । तर प्रधान्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशका सम्बन्धमा उठेका सम्पूर्ण विवादको निष्पक्ष छानबिनका लागि प्रतिनिधि सभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुन जरुरी छ । न्यायिक शुद्धीकरण र स्वतन्त्रताको कुरा गरिरहँदा यो जल्दोबल्दो समस्याको हल राजनीतिक तवरबाट गरिनु भनेको दलदलमा फस्दै जानुनै हो, यस्को जवाफदेही प्रधानन्यायाधीश र बार नेतृत्व हुनेछ । हामीपनि पन्छिन पक्कै पाउने छैनौँ । चेतना भया ।

अहिलेको हटकेक बिषय एकातर्फ छ भने सोसॅगै उठान भएको बिषयपनि सम्बोधन हुनुपर्छ। प्रधानन्यायाधीशलाई हटाउने विधि आफ्नो ठाउमा छ, तर आफ्नै टिमको विश्वास पनि कायम राख्न नसकेको वर्तमान स्थितिमा भविष्यमा मुलुकको न्याय सम्पादनकै काममा गम्भीर बाधा उपस्थित हुने र सिंगो न्याय प्रक्रियामाथि नै गम्भीर सवाल खडा हुने निश्चित छ । प्रधानन्यायाधीशको भूमिकामाथि यतिका धेरै प्रश्नहरु उठिसकेपछि  नैतिकताका आधारमा  राजीनामा  दिएर निकास दिनु पर्दछ । यस्तै, न्यायिक शुद्धीकरणका बाधक प्रधानन्यायाधीशको राजीनामा, न्यायिक शुद्धीकरणसॅगसॅगै उठान भइरहेको बार भित्र मौलाएको भनिएको विचलन, विकृति, बिचौलियापनि उत्तिकै सरोकारको बिषय हो । यतिखेर बारले बोल्ड डिसिजन सहितको कार्यक्रमको मोडालिटी पस्किन सक्नुपर्छ । सिनियरबाट हामीले र हामीबाट आउँदो पुस्ताले के सिक्ने र पाउने ? यो अहम् प्रश्न हो । न्यायपालिकालाई विकृतिरहित बनाउन न्यायाधीशहरूभित्रबाट पनि बेलाबखत आवाजहरू उठ्ने गरेका छन् । तर न्यायालयभित्रका विकृति र विसङ्गति सुधारर्नेतर्फ कसैको ध्यान जान सकेन, गएन । हुनुपर्ने भनेको आफ्नो मेहनत, त्याग र संघर्षबाट बेन्च र बारमा प्रवेश भएका सोसिएल इन्जिनियरहरू सुरक्षित, उत्साहित भई फक्रन पाउन् । सेवाग्राहीहरु सन्तुष्ट बन्न पाउन् । सकारात्मक सोचको बिकास होस् । बस् हामीले चाहेको यत्ति हो । खबरदारी सम्झनुस् या आग्रह । यो पक्कै निरिहपन भने होइन ।

यतिखेर बारले बोल्ड डिसिजन सहितको कार्यक्रमको मोडालिटी पस्किन सक्नुपर्छ । सिनियरबाट हामीले र हामीबाट आउँदो पुस्ताले के सिक्ने र पाउने ? यो अहम् प्रश्न हो । न्यायपालिकालाई विकृतिरहित बनाउन न्यायाधीशहरूभित्रबाट पनि बेलाबखत आवाजहरू उठ्ने गरेका छन् । तर न्यायालयभित्रका विकृति र विसङ्गति सुधारर्नेतर्फ कसैको ध्यान जान सकेन, गएन । हुनुपर्ने भनेको आफ्नो मेहनत, त्याग र संघर्षबाट बेन्च र बारमा प्रवेश भएका सोसिएल इन्जिनियरहरू सुरक्षित, उत्साहित भई फक्रन पाउन् । सेवाग्राहीहरु सन्तुष्ट बन्न पाउन् । सकारात्मक सोचको बिकास होस् ।

नेपाल बार एशोसिएशनले आन्दोलनका क्रममा उठान गरेका मुद्दाको प्रकृतिले सारमा यो आन्दोलन समग्र न्यायालयको सुधारतर्फ केन्द्रीत भइरहनु जरुरी छ ।

– न्यायिक शुद्धीकरणको लागि अब नगरे कहिले गर्ने ।

– न्याय, कानून, न्यायालय ब्यक्तिको बन्धक बन्नबाट रोकौ ।

– न्यायपालिकाको स्वतन्त्रता ग्यारेन्टी गरिनुपर्छ।

– न्यायालयको विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचार अन्त्य हुनुपर्छ ।

– शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप बन्द गरिनुपर्छ ।

– दोषी सबैले आत्मालोचनासहित उच्च नैतिकता प्रदर्शन हुनुपर्छ । दोषी जो कोही होस्, कानूनी कठघरामा उभ्याउनु पर्छ, कारवाही हुनुपर्छ ।

– कानून व्यवसायीहरूमाथिको आक्रमण र दुर्व्यवहार रोक्नुपर्छ ।

– न्याय परेको अनुभूति सेवाग्राहीले पाउनुपर्छ । बिभेदपूर्ण न्याय प्रणालीलाई सुधार गरिनुपर्छ।

अहिले न्यायपालिकामा जुन प्रकारको बिरोध कार्यक्रम भइरहेको छ, नेपालको इतिहासमा पहिले कहिल्यै पनि त्यसप्रकारको बिरोध कार्यक्रम हुने गरेको थिएन । न्यायपालिकामा देखा परेका विकृतिहरूका विरुद्ध भइरहेको बिरोध कार्यक्रमसँगै निम्न कुराहरूपनि महत्वपूर्णरुपमा जोडिन्छन् ।

१. न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता र गरिमा कायम राख्न आवश्यक पहलकदमीमा जोड दिनुपर्छ । यो सवालमा सर्वोच्च मात्र नभई आवाज जिल्ला तहबाट समेत उठान गरिनुपर्ने ।

२. न्यायिक विचलन र त्यस्बाट जनआस्थामा खलल पुगेको, बिचौलिया प्रवृतिको विकास भएको, न्यायिक क्षेत्रमा ब्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेप हालिमुहाली भएको सन्दर्भमा छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषी माथि कडा भन्दा कडा कारवाही गरिनुपर्दछ । सरोकारवाला पक्षहरूसँगको सहकार्यमा समेत जोड दिनुपर्छ ।

३. बारबाट आयोजना हुने कुनैपनि बिरोध कार्यक्रम कुनै एक ब्यक्ति बिशेष केन्द्रीत मात्र नभै समग्रतामा आधारित हुनुपर्दछ । कुनै ब्यक्ति बिशेषको राजीनामा मात्रले समस्या समाधान हुन नसक्ने हुँदा समस्याको जड न्यायपालिकाको परम्पराबादी संरचना निर्माण प्रकृया र न्यायाधीश छनौट प्रकृयामा ब्यापक सुधार सहित पुनर्संरचना कार्य अबिलम्ब अगाडि बढाउनुपर्नेमा जोड दिनुनै दीर्घकालीन उपाय हो ।

४. न्यायिक क्षेत्रको सुधार र कानूनी राज्य स्थापित गर्न अहम् भूमिकामा रहने बार समेत सशक्त, सबल, एकताबद्द र स्वच्छ रहन आत्मसमीक्षा सहित बार स्वयम् सुदृढिकरणमासमेत जोड दिनुपर्छ ।

सर्वोच्च अदालत र त्यसको मुख्य नेतृत्व प्रधानन्यायाधीश भनेको विश्वासमा अडिएका हुन्छन्, विश्वास त्यहाँबाट न्याय पाइन्छ । तर, आज यो विश्वास फेरि एकपटक अविश्वास र शंकामा बदलिएको छ । नागरिक समाज, नेपाल बार, पूर्वन्यायाधीशहरु, बहालवाला न्याधीशहरु, बुद्धिजीविहरु,  सञ्चार जगत सबै प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायालयको गरिमालाई बचाउनुपर्ने निष्कर्षमा पुगेका हुन् । अहिलेको न्यायालय शुद्धीकरणको पहिलो खुड्कीलो यही नै हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*