फौजदारी कार्यविधि : एक परिचय

भाग १
अधिवक्ता ऋषि के.बी.
२९ आश्विन २०७८, शुक्रबार १७:१७

फौजदारी कार्यविधिको सामान्य परिचय

फौजदारी कार्यविधि कानूनले यस्तो कानूनी कार्यविधि स्थापना र अवलम्बन गर्दछ, अपराध सम्बन्धीे अभियोगहरू अदालतमा पेश गराइन्छ, मुद्दा चलाइन्छ, सजाय दिइन्छ । आरोपी जसलाई आपराधिक प्रतिवादी पनि भनिन्छ उनीहरु विरुद्ध अभियोजकको तर्फबाट सजायको दोषी बन्नको लागि सप्रमाण अदालतमा अपील गर्न सकिन्छ ।
फौजदारी कार्यविधिपनि दुनियाबादी र सरकारबादी हुने मुद्धामा फरक हुन्छ । फौजदारी कार्यविधिका प्रकारहरुमा ब्यक्तिगत, साधारण र बिशेष सरकारवादी, सरकारवादी हुने तर आफूले अभिभारा नलिएको र सरकारी मुद्धा सम्बन्धी ऐन अन्तर्गतका सरकारवादी खालका हुन्छन् ।
बर्तमान मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ले अनुसूचि १ देखि ४सम्म फौजदारी मुद्धाको बर्गीकरण गरेको पाइन्छ । सरकारवादी हुने भनिएका प्रमुख मुद्धाहरु सरकारी मुद्धासम्बन्धी ऐन, २०४९को अनुसूचि १मा परेका मुद्धाहरु यसि श्रेणीमा पर्दछन् । यस्ता मुद्धाहरु प्रहरीले अनुसन्धान तहकिकात गरेर सरकारी वकिलमा मार्फत जिल्ला अदालतमा दायर हुन्छ ।

देवानी र फौजदारी कार्यविधिमा फरक
देवानी र फौदारी कार्यविधिमा फरक र समानता निम्न लिखित छन्ः
१. देवागी तथा फौजदारी दुबै किसिमको मुद्धामा नलिश गर्ने हकदैया  (Locus Standi) को प्रश्न एकै किसिमको हुन्छ ।
२. दुवै किसिमका मुद्धा व्यक्तिवादी र नेपाल सरकार वादी हुन्छन् ।
३. दुवै किसिमका मुद्धामा व्यक्तिको नालिश लाग्छ, केही देवानी मुद्धा र केही फौजदारी मुद्धा नेपाल सरकारतर्फबाट मात्र दायर हुन्छ, जस्तो कि सरकारी मुद्धासम्बन्धी ऐन, २०४९को अनुसूचि १ र २ भित्रको मुद्धाहरु ।
४. देवानी मुद्धामा प्रतिवादीले प्रतिउत्तर दिन पाउंछ तर नेपाल सरकारवादी हुने फौजदारी मुद्धामा प्रतिवादीलाई बयान गराइन्छ । फौजदारी मुद्धामा प्रतिवादी मौका दिन हुने भए मात्र अदालतले प्रतिवादीलाई म्याद दिन्छ ।
५. प्रतिवादीका नाउमा देवानी मुद्धामा जारी हुने म्यादलाई इतलायनामा र फौजदारी मुद्धामा जारी हुने म्यादलाई समाव्हान भनिन्छ ।
६. गम्भीर प्रकृतिको फौजदारी मुद्धामा बारेण्ट, म्यादपूर्जी जारी गरिन्छ, तर देवाती मुद्धामा यस्तो हुँदैन ।
७. देवानी मुद्धामा फिराद दायर गर्न कोर्ट फी लाग्छ तर फौजदारी मुद्धामा लाग्दैन ।
८. देवानी मुद्धामा पुर्पक्षका लागि थुनामा राखिन्छ तर देवानी मुद्धामा त्यसरी थुनामा राखिदैन ।
९. फौजदारी मुद्धामा कैदको सजाय हुन्छ, तर देवानी मुद्धामा प्रायः त्यस्तो सजाय हुदैन ।
१०. देवानी मुद्धामा प्राय सम्पत्ति भएको स्थानको अदालतमा मुद्धा दायर हुन्छ, तर फौजदारीमा वारदात भएको स्थानको अदालतमा मुद्धा दायर हुन्छ ।
११. बर्तमान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ले फौजदारी कार्यविधि र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ले देवानी कार्यविधि सम्बन्धी प्रावधान ब्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*