कानून

कविता
 -  प्रकृति अर्याल
२५ आश्विन २०७८, सोमबार १३:१३

भेद र भाव नगरी कानून
गर्दछ आफ्नो काम ।
अन्याय गर्ने पीडकलाई सजाय दिलाई

राख्दछ कानून आफ्नो नाम ॥

अरबौं नेपाली पिडीतको ऑशु पुछी
अन्यायमा पर्नेलाई दिलाउँछ न्याय ।
कर्तव्यको भार काँधमा थापी
पूरा गर्छ आफ्नो कर्तव्य ॥

धनी र गरिब कोई आफ्नो नठानी
बहन गर्छ आफ्नो जिम्मेवारी ।
कॉधमा कर्तव्यको भार बोकी
निर्भिक रही बहन गर्छ जिम्मेवारी ॥

पिडीतको मुहारमा हाँसो फर्काइ
दिलाउँछ न्याय आफ्नो कर्तव्य पूरा गरी ।
पीडकलाई सजाय दिलाई दिलाउँछ न्याय
पीडितको परिवारको जिम्मेवारी बहन गरी ॥

न्याय खोजिमा भौतारिए हिँडेकालाई
सही मार्ग बोध गराउँछ कानून ।
आफ्नो जिम्मेवारी तब पूरा गरी परिचित गराउँछ
न्याय प्राप्त गर्ने मुख्य साधन हो – कानून ॥

(रचनाकार श्री सिद्धार्थ मा.बि., हेटौॅडामा कक्षा ११ कानूनकी बिद्यार्थी हुन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*