नेपालको कानूनी इतिहास

हिन्दु धर्ममा आधारित
janaijalas.com
२५ आश्विन २०७८, सोमबार १०:४६

नेपालको कानूनी इतिहास हेर्ने हो भने यो भएको पाइन्छ । विभिन्न समयमा प्रचलनमा रहेका हिन्दु धर्मसँग सम्बन्धित धर्मग्रन्थ संस्कृति, सामाजिक मान्यता, सद्विवेकको आधारमा नेपालका् कानूनी इतिहासको शुरुवाती न्याय प्रणाली निर्देशित भएको पाइन्छ । नेपालको कानून खासगरी हिन्दू विधिशास्त्रमा आधारित रहेको देखिन्छ । हिन्दू धार्मिक प्रणाली खासगरी बेद लगायतका धार्मिक शास्त्रहरूमा आधारित रहेको छ। यो इशापूर्व ४००० देखि १००० को बीचमा विकास भएको हो । यसले श्रुति, स्मृति आदि ग्रन्थहरूको आधारमा न्याय प्रणाली निर्देशित गर्दथ्यो । नेपालको कानूनी प्रणालीको अध्ययन गर्दा ऐतिहासिक रूपमा किराँतकाल, लिच्छविकाल, मल्लकाल, रामशाहकाल, पृथ्वीनारायण शाहकाल, राणाकाल, आधुनिककालको कानूनी इतिहासमा अहिलेपनि कहि नकहि हिन्दु धर्मको प्रभाव पाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*